कपिलवस्तु — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।
फेसबुकमार्फत घृणा फैलाउने सामग्री पोस्ट गरेको तथा अनुसन्धानको क्रममा रहेका बैंक कारोबारसम्बन्धी गोप्य कागजात सार्वजनिक गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालतबाट तीन दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



















