काठमाडौं—नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
बास्तोला सँगै उनको पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि पक्राउ गरेका छन् ।
नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेनको निर्वाचनको बिरोध गर्दै आएको छ । मंगलबार सो समुहले नेपाल बन्द आयोजना गरेको थियो ।


















