दमक—राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले पार्टीमा शुक्रबार प्रवेश गराउनु भएको हो ।
एमाले झापाका अनुसार न्यौपानेसँग अन्य स्थानीय कार्यकर्ता समेत एमालेमा प्रवेश गरेका छन् ।


















