काठमाडौं—इरानी आक्रमणबाट संयुक्त अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाएका नेपालीको पहिचान खुलेको छ।
नेपाली दूतावासका अनुसार जायाद अन्तर्राष्ट्रिय विमानस्थल मा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा दिवस श्रेष्ठको मृत्यु भएको हो। २९ वर्षीय श्रेष्ठ गोरखा निवासी हुन्। उनी मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।
दूतावासले उनको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउने लगायत सम्पूर्ण आवश्यक प्रक्रियामा सहजीकरण गर्ने जनाएको छ।
संवेदनशील अवस्थालाई मध्यनजर गर्दै यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन तथा सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ।



















