काठमाडौं—नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ। मंगलबार प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ११ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

सुनको मूल्यसँगै १० ग्रामको दरमा पनि परिवर्तन आएको छ। आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। चाँदी आज तोलामा २७५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँ कायम भएको छ। यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ।