काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ।
यसअघि कालोसूचीमै परेका कारण धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको थियो। सोही सन्दर्भमा कलवारको नाम पनि उक्त सूचीमा रहेको देखिएको हो।
यो पनि- रास्वपा उम्मेदवार चौधरीको डेढ करोडको चेक ‘बाउन्स’
कर्जा सूचना केन्द्रको विवरणअनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो, र उक्त स्थिति हालसम्म कायमै रहेको जनाइएको छ।
निर्माण व्यवसायमा संलग्न कलवारमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोपसमेत लाग्दै आएको छ।
अघिल्लो निर्वाचनमा उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बनेका थिए र हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरले पराजित भएका थिए। हाल भने उनले रास्वपाबाट उम्मेदवारी दिएका छन्।
धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
