चितवन—भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को नाम जोडेर एआईमार्फत डिपफेक भिडियो बनाएको आरोपमा चितवनबाट नन्दप्रसाद भट्ट पक्राउ परेका छन्। उक्त भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह लाई ‘नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेकोमा अग्रिम शुभकामना’ दिएको जस्तो देखाइएको थियो।
भरतपुर महानगरपालिका–१६ निवासी भट्ट पूर्व माओवादी र हाल रास्वपा समर्थक रहेको खुलेको छ। उनी निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार सोबिता गौतम निकटस्थ रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनाल का अनुसार भट्टमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। भिडियो आफ्नै योजनामा बनाइएको हो वा अन्यको संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान जारी छ।




















