काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक संस्कार भएका उम्मेदवारहरुलाई मात्र मत दिन आम नागरिकलाई अपिल गरेका छन् । मतदानको पूर्व सन्ध्यामा उनले नागरिकलाई मतदान गर्नुअघि विवेक पुर्याउन आग्रह गरेका हुन् । 

साताअघि गृह मन्त्रालयले राजनीतिक दल र उम्मेदवारहरुलाई ‘रुफ टप’ भएको गाडी प्रयोग नगर्न सूचित गराएको थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,वरिष्ठ नेता बालेन साहसहित अन्य नेताहरुले भने उक्त सूचना अटेर गर्दै ‘रुफ टप’ भएको गाडीमै देश दौडाहा गरे । रास्वपाबाटै गोरखा क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका ‘हामी नेपाल’ (एनजिओ)का संस्थापक सुदन गुरुङले समेत गृहमन्त्रीको मानमर्दन हुनेगरी मिडियामा चर्को गाली गर्दै आए ।

‘भोट ह्विममा दिने कुरा होइन,राजनीतिक संस्कार भएकालाई नै दिनुहोला’,उनले भनेका छन्, ‘राजनीतिक संस्कार नै नभएका व्यक्तिहरु भोलि संसद वा सरकारमा गए भने मुलुकलाई राम्रो होइन,नराम्रो बढी हुनसक्छ ।’

यी सबै पृष्ठभूमिमा गृहमन्त्री अर्यालले नागरिकलाई कम्तिमा राजनीतिक संस्कार भएको उम्मेदवारलाई मात्र मत दिन अपिल गरेका हुन् । ‘भोट ह्वीममा दिने कुरा होइन,राजनीतिक संस्कार भएकालाई नै दिनुहोला’, उनले भनेका छन्, ‘राजनीतिक संस्कार नै नभएका व्यक्तिहरु भोलि संसद वा सरकारमा गए भने मुलुकलाई राम्रो होइन,नराम्रो बढी हुनसक्छ ।

गृहमन्त्री अर्यालले घुमाउरो भाषामा रास्वपाका नेताहरुको ठोस विचार र दर्शन नभएको पनि बताएका छन्  । उनले थपेका छन्, ‘राजनीतिक संस्कार नभएकाहरुले भोलि प्रणाली नै भत्काउन सक्छन्,त्यसैले राजनीतिक संस्कार सबैभन्दा मुख्य कुरा हो।