काठमाडौं—मनाङ जिल्ला बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस का उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। उनले २ हजार ४१५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी यशोदा सुवेदी ले ४४६ मत प्राप्त गरेकी छन्।
निर्वाचनमा विजयी भए पनि गुरुङले भने सांसदको शपथ लिन नपाउने भएका छन्। भृकुटीमण्डप स्थित समाज कल्याण परिषद् नेपाल को जग्गा भाडामा दिँदा अनियमितता गरेको मुद्दामा विशेष अदालत नेपाल ले उनलाई भ्रष्टाचारको मतियार ठहर गरेको थियो।
विशेष अदालतले २०७९ फागुन १५ मा गुरुङलाई दोषी ठहर गर्दै उनीबाट १ करोड २१ लाख रुपैयाँ असुल गर्नुपर्ने फैसला गरेको थियो। उक्त मुद्दा हाल सर्वोच्च अदालत नेपाल मा विचाराधीन रहेको छ।


















