काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। सर्वाेच्च अदालतमा आज भएको सुनुवाईको क्रममा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
रास्वपा सभापति रबिविरुद्धको सम्पत्ति सुद्धिकरण कसुर फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयमाथि परेको रिटमा बहस भएको हो ।
न्यायाधीश सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा मुद्दाको सुनवाइ भएको थियो । दिनभरि बहस हुँदा पनि आज नटुंगिएपछि हेर्दा हेर्दैमा राखिएको छ । बहसले भोली पनि निरन्तरता पाउनेछ ।


















