काठमाडौं— हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल पाँच अर्ब ३७ करोड रुपैयाँ खर्च भएको निर्वाचन आयोग नेपाल ले जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले हालसम्म तीन अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भइसकेको र भुक्तानी गर्न बाँकी दायित्वसमेत जोड्दा कुल खर्च पाँच अर्ब ३७ करोड पुगेको जानकारी दिए।

उनका अनुसार औसतमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको छ। “हामीले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न सफल भएका छौँ,” उनले भने।

निर्वाचनका लागि सरकारले ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति दिएको थियो।