काठमाडौं— नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार भने सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बिहीबार यसको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा आएको परिवर्तनका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव आएको महासंघले जनाएको छ।