विराटचोक — मोरङको सुन्दरहरैचामा रहेको सगरमाथा युथ क्लबले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आमत्रण सुन्दरहरैचा प्रथम महिला फुटबल प्रतियोगिता आयोजना बारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
शनिबार सुन्दरहरैचा–९ स्थित क्लबको बैठक हलमा आयोजित कार्यक्रममा क्लबका सल्लाहकारहरू सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सुझाव सहित छलफल सम्पन्न भएको हो । छलफलमा कोशी प्रदेश सभाका पूर्व सदस्य लोकप्रसाद संग्रौला, सुन्दरहरैचा ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, इन्द्रपुर खानेपानी संस्थाका अध्यक्ष नवराज चापागाईं, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतले आफ्नो महत्वपूर्ण सुझाव दिएको क्लबका अध्यक्ष जनार्दन बास्तोला (भरत) जानकारी दिए ।
क्लबका अध्यक्ष बास्तोलाका अनुसार सहभागीहरूले प्रतियोगिता र फुड फेस्टिवल महोत्सवको बारेमा पनि छलफल गरिएको छ । क्लबका उपाध्यक्ष ऋषि काफ्लेले आगामी वर्ष २०८३ साल भित्रमा उक्त कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिए।
२०५९ सालमा स्थापना भएको सगरमाथा युथ क्लब सुन्दरहरैचाको अग्रणी र सक्रिय संस्थामध्ये एक हो। क्लबले फुटबल खेलको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। यसले अन्तर्राष्ट्रिय स्तरसम्मका प्रतियोगिता आयोजना गर्नुका साथै देशभरका विभिन्न प्रतियोगितामा सहभागी भई सफलता हासिल गर्दै आएको छ। साथै, विभिन्न महोत्सव र सामाजिक तथा रचनात्मक गतिविधिहरू समेत सञ्चालन गर्दै आएको अध्यक्ष बास्तोलाले बताए ।
उक्त कार्यक्रममा क्लबका प्रेस सल्हाकार बद्री अर्याल, पूर्व अध्यक्ष पुष्पबहादुर भुजेल, विराट भेट्रान क्लबका अध्यक्ष राजन योञ्जन, खोर्साने युवा क्लबका अध्यक्ष काजिहाङ राई तथा सुन्दरहरैचा नगर खेलकुद विकास समितिका सदस्य खगेन्द्र थापा लगायतको आतिथ्यता रहेको थियो। क्लबका अध्यक्ष जनार्दन बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो कार्यक्रमलाई क्लबका प्रवक्ता रुद्रबहादुर दर्नालले सञ्चालन गरेका थिए।
समवान्धित समाचार- सगरमाथा युथ क्लबको नयाँ कार्यसमिति चयन, अध्यक्षमा बास्तोला




















