विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा रहेको सगरमाथा युथ क्लबको नयाँ कार्यसमिति चयन भएको छ । आज पुस २४ गते सम्पन्न क्लबका पूर्व पदाधिकारी तथा सदस्यहरूको साधारण सभाले जनार्दन बास्तोलाको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा ऋषी काफ्ले, सचिवमा सुमन न्यौपाने, सहसचिवमा नवराज राई र कोषाध्यक्षमा नितेश भुजेल चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा ख्याम दाहाल, राजु श्रेष्ठ, मोहम्मद अनारुल, अस्विन रायामाझी, सिता श्रेष्ठ, सचिन रैका र रुद्रबहादुर दर्नाल रहेका छन् ।
२०५९ सालमा स्थापना भएको सगरमाथा युथ क्लबले फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । क्लबले अन्तर्राष्ट्रिय स्तरसम्मका फुटबल प्रतियोगिता आयोजना गर्नुका साथै देशका विभिन्न स्थानमा सम्पन्न प्रतियोगितामा सहभागिता जनाउँदै उल्लेखनीय सफलता हासिल गरेको छ ।
नयाँ कार्यसमिति चयनका लागि आयोजित साधारण सभा ऋषी काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा सुन्दरहरैचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष पुष्पबहादुर भुजेल, खेलकुद प्रशिक्षक युवेन गुरुङ, इन्द्रपुर जेसिजका अध्यक्ष समिर बस्नेत लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नव–निर्वाचित अध्यक्ष जनार्दन बास्तोला (भरत) ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन क्लबका पूर्व सचिव रमेश खतिवडाले गरेका थिए ।





















