दुबई—इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा तेल बोक्ने जहाजमा कार्यरत रहेको खुलेको छ । महोत्तरी घर भई उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ बस्दै आएका झा केही दिन यता इरानी सेनाको नियन्त्रणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी दुबईमा काम गर्नका लागि दुई वर्ष अघि गएका थिए । झा की दिदी पूजाका अनुसार एक सातादेखि उनी इ रानी सेनाको नियन्त्रणमा रहेका छन् ।

तेल बोक्ने जहाजमा सिप क्याप्टेनको रूपमा कार्यरत अमृतले एक साता अघि भ्वाइस म्यासेज पठाएका थिए । उनले भनिन्, ‘तेल लोड भइसक्यो । अव दुबई आएपछि म सिँधै नेपाल आउँछु । मेरो छुट्टी पनि हुने बेला भएको छ ।’पूजाले भाइ नेपाल फर्कने खबरले खुसी भइरहँदा अचानक आफूहरूलाई अमृत इरानी सेनाको नियन्त्रणमा रहेको अर्को म्यासेज आएको बताइन् ।

अमृतले थाइल्यान्डको बैककमा अध्ययन गरेका थिए । अध्ययनपछि उनी कामका लागि दुवई गएको परिवारले जनाएको छ । उनी यसअघि पनि सिप लिएर तेल लिन इरान जाने गरेका थिए । यस अघि तेल लिन जाँदा त्यस्तो नभएको तर यस पटक भने हर्मुज स्टेट इलाकाबाट नियन्त्रणमा परेको दिदी पूजाले बताइन् । उनले भनिन्,‘ उ नेपाली हो नेपाल सरकारले जति सक्दो छिटो भाइको रिहाइ गराओस् ।