काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अमरकान्त चौधरी सहित नौ जनालाई स्पष्टीकरणका लागि चिठी काटेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाट सप्तरी–३ मा निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीमाथि भवन निर्माण कार्यमा अनियमितता गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।
उनी श्रीकान्त चन्द नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका छन्। उक्त विद्यालय भवन निर्माणमा मिलेमतोमा भ्रष्टाचार भएको आरोपसहित उजुरी परेको जनाइएको छ।
अख्तियारले सोही विषयमा चौधरीसहित अन्य सम्बन्धित व्यक्तिहरूलाई समेत स्पष्टीकरणका लागि चिठी पठाएको जनाएको छ।


















