काठमाडौं—सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का लाई अस्पताल भर्ना गरिएको छ। रातभर वान्ता भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको हो।

हिजो बिहान निवासबाटै पक्राउ परेका खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट ७ दिनको म्याद थप गरेर पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा राखेको थियो। तर राति स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल सारिएको विभागले जनाएको छ।

यसैबीच, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि शनिबार साँझदेखि सोही अस्पतालमा उपचाररत् रहेका छन्।