काठमाडौं— लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा लाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ।काठमाडौं जिल्ला अदालत का न्यायाधीश जगतबहादुर पौडेल ले मिसिलमा संलग्न कागजातहरूको अध्ययनपछि यस्तो आदेश दिएका हुन्।

आदेशमा पीडितको पढाइ निरन्तर रहेको र प्रतिवादीले संरक्षकको भूमिका निर्वाह गरेको देखिएको उल्लेख गरिएको छ।

अदालतले शर्माले पीडितलाई यातना दिई दास बनाएको भन्ने आरोप पुष्टि गर्ने ठोस (वस्तुनिष्ठ) आधार नदेखिएको जनाएको छ। साथै, सरकारी वकिल कार्यालय काठमाडौंपाटन उच्च अदालत बाट मुद्दा नचलाउने निर्णय कानूनसम्मत रहेको पनि आदेशमा उल्लेख गरिएको छ।

यसअघि गत जेठ १६ गते महान्यायाधिवक्ताको कार्यालय ले पनि प्रतिवादीलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो।