काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ।

निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीमाथि शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दायर गरिएको हो।

प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरेको थियो। पछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको थियो। सोही प्रकरणसँग सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा अघि बढाइएको सरकारी वकिल कार्यालयले जनाएको छ।