काठमाडौं—सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा विस्तृत उजुरी दर्ता गरिएको उजुरीमा उनले अकुत सम्पति आर्जन गरेको देखिएको हो ।
भ्रष्टाचारविरुद्धका अभियन्ता बताउने सर्लाही बलरा नगरपालिका–११ निवासी दिनेश यादव, रामनगर गाउँपालिका वडा नं.१ का हरेन्द्र राय, बलरा नगरपालिका ८ का रामविनय साह लगायतले अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा फरक फरक मितिमा उजुरी दिएका छन् ।




















