रास्वपाका दुई माननीयले आज संविधान विपरित गएर संसदमा अदालतमा विचाराधीन मुद्दा र अदालतको कार्यक्षेत्रमा हस्तक्षेप हुने गर्दै बोलेछन । त्यसमध्य एक त पुर्व कानुन व्यवसायी पनि भएको तर रवि लामिछानेको मुद्दा वाहेक अरु मुद्दा लडेको दुनियाले थाहा नै नपाएको मानिस भएकोले उनले आफुलाई लगाइएको गुण तिरेर नुनको सोझो गरे भन्ने मानौं । तर अदालतको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरेर बोल्ने अर्की माननीय समिक्षा बास्कोटाले बोलेको सुन्दा चाहिं उनि प्रति मात्रै हैन हामी जस्ता धेरैले आफैं प्रति दया गर्यौं किन कि उनि त उज्वल थापाले सुरु गरेको वैकल्पिक राजनीति मार्फत अगाडी बढेर विवेकशील साझा पार्टीमा लामो समय काम गर्दै भर्खर रास्वपा प्रवेश गरेकी मान्छे हुन । उनि यति गैरजिम्मेवार बन्दै , न्यायधिश त्यो पनि सशक्त महिला न्यायधिशले अदालतमा आएको मुद्दा दर्ता गर्न बाट रोक्ने अधिकार कर्मचारीलाइ छैन भन्ने सत्य लेखे वापत न्यायधिशलाइ धावा बोल्ने तहमा उत्रेलिन भन्ने कसले ठानेको थियो । लाज पनि लजायो । विचरा उज्वल थापा जीवित भएको भए वैकल्पिक राजनीति गर्ने भन्दै पुराना दलहरुले समेत नगरेको हर्कत गर्ने समिक्षा बाँस्कोटाको हर्कत प्रति कति दुखि हुन्थे होलान ?

















