काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री विरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ले आदेश दिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविमाथि लगाइएका यी दुई अभियोग फिर्ता गर्न सरकारी वकिलको तर्फबाट परेको निवेदन स्वीकार गर्दै अदालतले यस्तो आदेश दिएको हो । न्यायाधीश को इजलासको आदेशअनुसार रविसहित सहकारीको अर्बौं रकम हिनामिना गरी विदेश फरार रहेका र ले पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगबाट उन्मुक्ति पाएका छन् ।

अब रविमाथि सहकारी ठगीको अभियोग मात्रै कायम रहने भएको छ । यससँगै भविष्यमा मन्त्री वा प्रधानमन्त्री बन्ने कानुनी बाटो सहज बन्दै गएको चर्चा सुरु भएको छ । यसअघि सम्पत्ति शुद्धीकरणको अभियोग लागेकै कारण प्रतिनिधिसभामा उनको सांसद पद निलम्बनमा परेको थियो ।

यद्यपि, रविविरुद्ध अन्य जिल्लामा दर्ता भएका मुद्दामा भने सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग अझै कायम नै छ । महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र सच्याउने निर्णय गरे पनि सर्वोच्च अदालतले त्यसलाई अन्तिम रूपमा स्वीकार गरिसकेको छैन ।

सहकारी ठगीसम्बन्धी मुद्दा भने रकम फिर्ता र मेलमिलापमार्फत टुंग्याउन सकिने कानुनी व्यवस्था रहेको छ ।