काठमाडौं — चर्चित टिकटकर तुलसा अधिकारी अर्थात् तुलसीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएपछि सहकारी ठगी प्रकरणका मुख्य आरोपी भनिएका गितेन्द्रबाबु राई (जिबी)माथि सरकारले किन उस्तै सक्रियता देखाउन सकेन भन्ने प्रश्न फेरि उठ्न थालेको छ ।

तुलसी अधिकारीमाथि ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भएपछि थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको हो । हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि नै उनीविरुद्ध ठगी सम्बन्धी मुद्दा दायर गरेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म अहिले अर्को प्रश्न उठिरहेको छ— दुवैको मुद्दा लगभग उस्तै । तुलसाको बिगो ६ करोड उनलाई पक्राउ गर्न गर्न सफल तर २१ अर्ब हिनामिना भएको आरोप लागेका जीबी राई भने किन अझै पक्राउ परेनन् ?

सहकारी ठगी प्रकरणमा जीबी राईमाथि २१ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । देशभरका हजारौं सर्वसाधारण पीडित बनेका छन् । कतिपयले दु:ख  जम्मा गरेको बचत गुमाएका छन् भने कतिपय श्रमिकले वर्षौंको मेहनतबाट संकलन गरेको रकम फिर्ता पाउन सकेका छैनन् ।

यता तुलसी अधिकारीबाट पीडित जम्मा १ जना- चिमोरिया थरका देखिए पनि राज्य संयन्त्रले अन्तर्राष्ट्रिय समन्वय गरेर पक्राउसम्मको प्रक्रिया अघि बढायो । त्यसको तुलना गर्दै सामाजिक सञ्जालमा सरकारमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लागिरहेको छ ।

आलोचकहरूले जीबी राईको राजनीतिक पहुँचका कारण अनुसन्धान र पक्राउ प्रक्रिया प्रभावकारी बन्न नसकेको आशंका व्यक्त गरिरहेका छन् । जीबी राईको पार्टनर नेपालको दुईतिहाइ ल्याउने ठूलो दलको सभापति रवि लामिछाने । जीबीले हाकाहाकी अर्बौं ठगेको स्पष्ट प्रमाण छ । के गर्नु, तुलसालाई विदेशबाट समातेर ल्याउन सक्ने सरकार जीबीबारे चुइंक्क बोल्दैन ।

यस विषयमा सरकार र प्रहरी प्रशासनले भने अनुसन्धान जारी रहेको बताउँदै आएका छन् । तर पीडितहरूले भने “सानालाई ऐन, ठूलालाई चैन” भएको टिप्पणी गरिरहेका छन् ।

अझ कुरा के छ भने रवि लामिछानेसँगै गितेन्द्रबाबु राई (जिबी) विरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई कास्की जिल्ला अदालतले मुद्दा फिर्ता गर्ने आदेश गरेको थियो ।