काठमाडौं — भारतसँगको सीमासम्बन्धी विषयमा  दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमाग्ने भएका छन्।

अर्थमन्त्री तथा पार्टीका उपसभापति स्वर्णिम वाग्लेले यस विषयमा प्रधानमन्त्री शाहले संसद्मा जवाफ नदिने जानकारी दलका नेताहरूलाई गराएका हुन्।

प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद्मा लगातार विरोध जनाउँदै आएका छन्।

राष्ट्रियसभा अध्यक्षको समन्वयमा राष्ट्रियसभामा प्रमुख तीन दलका संसदीय दलका नेताहरूसँग भएको बैठकमा अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीले उक्त विषयमा संसद्मा जवाफ नदिने स्पष्ट पारेका हुन्।

प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर सत्ता र प्रतिपक्षबीच विवाद चर्किँदै गएको छ भने संसद्को कामकारबाहीसमेत प्रभावित हुँदै आएको छ।