काठमाडौँ—चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। काठमाडौँस्थित एक रेष्टुरेन्ट खरिदका क्रममा दिएको चेक बाउन्स (अनादर) भई ठगी गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले साहलाई गएराति महोत्तरीबाट पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।