काठमाडौँ—चर्चित नायिका केकी अधिकारीले सरकारलाई सस्तो र प्रचारमुखी ‘स्टन्टबाजी’ छाडेर देश विकास र रोजगारी सिर्जनामा ध्यान केन्द्रित गर्न आग्रह गरेकी छिन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनजीविकासँग प्रत्यक्ष जोडिएका कामलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएकी हुन्। अधिकारीले हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो र कति नागरिकले रोजगारी पाए भनेर अब जनताले सरकारलाई सोध्ने दिन आएको बताएकी छिन्।

सरकारलाई रोजगारीको प्रत्येक दिनको उपलब्धिको सूची सार्वजनिक गर्न सुझाव दिँदै उनले यस्तो वास्तविक काम (स्टन्ट) ले मात्र देश बन्ने र जनतामा छाएको निराशा हटेर जाने कुरामा जोड दिएकी छिन्। "यो सस्तो स्टन्टले देश बन्दैन," भन्दै उनले प्रचारमुखी काम भन्दा ठोस आर्थिक सुधार र रोजगारीका अवसरहरू सिर्जना गर्ने काममा लाग्न सरकारलाई आह्वान गरेकी छिन्।