काठमाडौं— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना माननीय परस्त्रीसँग आपत्तिजनक अवस्थाको काण्ड बाहिरिएको छ । रास्वपाका बिबाहित सांसदको एक युवतीसँग ‘लिप किस’ को दृष्य बाहिर आएको हो ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित अमरकान्त चौधरीको एक युवतीसँग चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको हो । सांसद चौधरी र सप्तरीकै युवती दिपिका सिंहले ‘लिप किस’ गरिरहेको तस्बिर बाहिर आएको हो । यो तस्विर ती युवतीले नै आफ्नो फेसबुकको वालमा सार्वजनिक गरेकी छन ।
सो तस्बिरलाई जनआस्था साप्ताहिकको अनलाइन संसकरणले सवैभन्दा पहिला सार्वजनिक गरेको छ । डाक्नेश्वरी नगरपालिका निवासी सांसद चौधरी विवाहित हुनुहुन्छ । उहाँको एक सन्तान छन् । युवतीले ‘किस’ खाएको तस्विर सार्वजनिक गरेपछि उहाँको परस्त्रीसँग अबैध सम्बन्ध रहेको पाइएको छ ।
सप्तरीकै युवती दिपिकाले सांसद चौधरीलाई गत फागुन २१ गतेको चुनावमा दिलोज्यानले सघाउनु भएको स्थानीयले बताएका छन । सिंह अमरकान्तसँगै चुनावी अभियानमा हिँडनुभएको थियो । त्यसबेलादेखि दुईजनाबीच सम्बन्ध मौलाएको बताइएको छ ।


















