लेटाङ—अखिल नेपाल महिला संघ (अनेमसंघ) लेटाङ नगर कमिटीको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। लेटाङमा सम्पन्न नगर सम्मेलनले पुनम मास्की मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा केसीमाया राई, सचिवमा रत्न पौडेल, उपसचिवमा शान्ता विक र कोषाध्यक्षमा थिरकुमारी पोख्रेल चयन भएका छन्।

सम्मेलनबाट विभिन्न वडालाई प्रतिनिधित्व हुने गरी नगर कमिटी सदस्यसमेत सर्वसम्मत चयन गरिएको छ। जसअनुसार वडा नं. १ बाट सुकमाया लिम्बू र विविता राई, वडा नं. २ बाट राधा भण्डारी र अनु निरौला तथा वडा नं. ३ बाट मनमाया गौतम र तीर्थवती राई चयन भएका छन्।

त्यस्तै वडा नं. ४ बाट सुनिता परियार र सरिता लिम्बू, वडा नं. ५ बाट राधिका पौडेल र प्रमिला श्रेष्ठ, वडा नं. ६ बाट नैकला पौडेल र विमला ढुङ्गाना नगर कमिटी सदस्य बनेका छन्।

वडा नं. ७ बाट पुरनमाया राई र सुनिता मगर, वडा नं. ८ बाट अन्जु कुमारी कटुवाल र लक्ष्मी विक तथा वडा नं. ९ बाट सावित्रा ढुङ्गाना र मिरा दियाली नगर कमिटी सदस्यमा चयन भएका छन्।

नयाँ कार्यसमितिले अनेमसंघको संगठनलाई थप सुदृढ गर्दै महिलाको राजनीतिक तथा सामाजिक सहभागिता विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ। सम्मेलनमा नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको थियो।

यो पनि—लेटाङमा अनेमसंघको नगर सम्मेलन सम्पन्न, एमालेका नेता, कार्यकर्ताहरूको उल्लेख्य सहभागिता