माघ ४  , भारतको राजधानी दिल्लीमा एक करोड बढि नगद चोरी प्रकरणमा संग्लन रहेको भन्दै कांग्रेसका एक नेता कैलालीबाट पक्राउ परेका छन्।

दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख बढी नगद र गरगहना चोरी घटनामा संग्लन रहेको भन्दै बाजुरा घर भइ हाल धनगढी निवासी कांग्रेस नेता पदम नेपाली पक्राउ परेका हुन्।

उनी नेपाली कांग्रेसको भातृ संगठन दलित संघका पूर्व केन्द्रिय सदस्य हुन्। उनले धनगढीमै ईन्स्ट्यिुट समेत सञ्चालन गर्दै आएका छन्।

उक्त घटनामा ६५ लाख भारतीय रुपैँया नगद सहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। गौरीगंगा– २ की बिन्दा थापा, बाजुराको बुढिगंगा –१ घर भएका २९ बर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। बडिमालिका खवरबाट