. भगवती अर्याल 

बिराटचौक,५ माघ । आँखा देख्न नसक्ने सवै परिवारको पहिलो चरणको उपचार सुरु भएको छ । मोरङको केराबारी गाउपालिका २ स्थित बिकट गाउँ सिंहदेबीका एकै परिवारका ४ जनाको आजदेखी लेटाङको आँखा उपचार केन्द्रमा उपचार सुरु भएको हो । ४ जनाको परिवारमा ४५ बर्षिय आमा मनमाया राइ र ३ जना छोरिहरु १४ बर्षकि सशिकला राई , ८ बर्षकि सोनु राई र ६ बर्षकि आशिका राई छ्न ।

 सुस्त मनस्थितिकि आमा मनमाया  दिउसोमात्र मधुरो रुपमा आँखा देख्न सक्छीन भने तिनै जना छोरिहरु मधुरोरुपमा मात्र आँखा देख्न सक्छ्न । उनीहरुको आजको पहिलो चरण को उपचारको क्रममा आखाको नानी हल्लिएको ,आखामा परेला पसेर घाउ भएको र नानी प्रत्यापरण गर्नु पर्ने र त्यसको उपचारको लागि खर्चिलो हुने डक्टरहरुले बताएका छ्न र उपचार सम्भब हुने कुरा पनि डक्टरहरुको भनाइ छ । थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ ।

परिवारको दुख सुख पालन पोसण गर्दै  आएका उनिहरुको बावुको पनि १ बर्ष अघि मिर्त्यु भएपछि परिवारको बिचल्ली भएको छ । कुपोषणको कारण ८ बर्षिय भनेकि सोनु १ बर्षको बालिका जस्तो देखिन्छिन । उनको एउटा खुट्टा चल्दैन ,परिवारको यस्तो दयनीय अवस्थामा स्थानीय गाउलेहरुको सहयोगमा पालन पोषण हुँदै आएको थियो ।


यस्तो परिवारको अवस्था सुनेर मोरङ लेटाङको स्थानीय युवा नेतृ तथा सामाजिक अभियन्ता सान्ती पाख्रीनले सुनेर उनको अगुवाइमा उपचार शुरु भएको छ । उनिहरु लाई सहयोग गर्न पाख्रीनले सहयोगको अभियान सुरु गरेकी छिन । उनको अभियान लाई साथदिन स्थानीय युवाहरु दिपक न्यौपाने र सरोज बस्नेत जुटेका छ्न ।

यो अभियान सुरु भएदेखी देश , बिदेश बाट सहयोगी मन भएका महानुभाबहरुबाट सहयोग जुटन थालीसकेको पाख्रीनले बताइन  र हाल सम्म २ लाख ६७ हजार सहयोग रकम संकलन भैसकेको र अझ सहयोग आउने कुरा सुन्नमा आएको पाख्रीनले बताइन । तपाई, हाम्रो सानो सहयोगले ,बेसाहारा र दुख पाएको परिवारले नयाँ जीवन र उज्यालो संसार देख्न सक्छ्न त्यसैले सवैले आफ्नो आफ्नो स्थानबाट मानवीय सहयोग गर्न अनुरोध गरेकी छिन ।