काठमाडौं / उपराष्ट्रपति नन्दबहादुर पुनः शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर बताउने गेरुवस्त्रधारी–विजय भण्डारी ।
उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारामा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ उद्घाटन गर्न चितवन पुगेका हुन् ।
त्यतिबेला नेपालका चर्चित गुरु भन्दै बनारस पुगेर भण्डारीले आफूले अमेरिकामा हुने वल्र्ड गीता म्याराथन, श्रीमतद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन लगायत कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजान लागेको भन्दै १०० जना विद्यार्थीबाट जनही एक लाख उठाएर ठगी गरेका थिए ।
धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका आएका भण्डारीलाई २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले दशैं मनाएर घरबाट फर्कने क्रममा पक्राउ गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।




















