काठमाडौँ, १४ माघ : गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन । जिल्ला प्रशासन कार्यलय काठमाडौले गायिका राउतलाई चार हजार रुपैयामा धरौटीमा छाड्न आज आदेश दिएको हो ।
गायिका राउतले अन्तर्राष्ट्रिय बिमानस्थलको आन्तरिक ट्रमिनलमा सुरक्षा जाचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ माथि दुरब्यावहार गरेको आरोपमा उनी विरुद्ध प्रहरीमा उजुरी परेको थियो । माघ ५ गते गायिका आस्था बिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।
राउत विरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । गायिका राउत सोमबार आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित भएको थिइन ।सोमबारै आस्थालाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकोमा मंगलबार चार हजार रुपियाँ धरौटीमा रिहा गर्ने अनुमती दिएको हो ।




















