काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा आगलागी भएको विमानस्थलकी कर्मचारी गायत्री भट्टराईले जानकारी दिएकी छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एण्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ । दमकलको प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएकाे प्रहरीले जनाएकाे छ ।


