काठमाडौ । सरकारलाई दबाब दिन भन्दै वैदेशिक रोजगार व्यावसायीहरुले हड्ताल थालेका छन् ।
उनीहरुले शुक्रबारदेखि कामदारलाई विदेश उडाउन बन्द गरिएको घोषणा गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघले भीसा लागेका कामदारको उडान टिकट समेत नकाट्ने भएका छन् ।
सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै संघमा आवद्ध करिब ९ सय ७५ जना व्यावसायीले हड्ताल थालेका हुन् ।
तर, उनीहरुको हडताल वैदेशिक रोजगार विभागलाई भने थाहा छैन । विभागका निर्देशक भीष्म भुसालले सनराइज खबरलाई बताए– ‘उहाँहरुको हडतालको आधिकारिक जानकारी प्राप्त भएको छैन । मैले पनि मिडियाबाट थाहा पाएको हूँ । श्रम मन्त्रालयमा यो विषयमा छलफल हुँदैछ रे भन्ने सुनेको छु ।’
श्रम मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका प्रमुख उमेश ढुंगानाले पनि आफू समक्ष संघको माग बारे केही पनि जानकारी नआएको बताए ।
संघका उपाध्यक्ष रामप्रसाद भन्तनाले सनराइज खबरसँग भने – ‘सरकारले व्यवसायीको माग सम्बोधनमा कुनै चासो देखाएन । सुनुवाई नभएपछि वाध्य भएर हडताल थालेका हौँ ।’
वैदेशिक रोजगार व्यावसायिक संघले जेठ ३ गतेदेखि सात बूँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो ।
‘हामीले माग राख्यौँ सरकारले हुन्छ छलफलमा बसौंला भनेको थियो तर १५ दिन बित्दा पनि सरकारले टेरेन त्यसैले आजदेखि टिकट काट्न बन्द गर्यौँ’, भन्तनाले भने ।
उनले यो हडताल पूूर्वनिर्धारित भएको पनि बताए ।
उपाध्यक्ष भन्तनाले आफूहरुले यसअघि नै प्रधानमन्त्री र श्रम मन्त्रीलाई मागपत्र बुझाइसकेको पनि बताए । तर, वेवास्ता गरेपछि हडतालमा उत्रनुु परेको भन्तनाले दावी गरे ।
उनले माग पुरा नभए चरणबद्ध हडतालमा जाने चेतावनी पनि दिए । ‘२३ गतेसम्म उडान बन्द गर्छौ । सुनुवाई नभएचरणबद्धहडताल थाल्छौँ वैदेशिक रोजगारीका सबै प्रक्रिया ठप्प पाछौँ’– उनले भने ।
यस्ता छन् माग
भन्तनाले संघका तत्कालीन र दिर्घकालीन माग रहेको बताए । उनले तत्काललाई विशेष गरेर चार वटा माग राखिएको पनि सुनाए ।सरकारले नयाँ व्यवस्थामार्फत राख्न लगाएको धरौटीमा ब्याज पाउनुपर्ने व्यवसायीको मुख्य माग रहेको बताए ।
त्यसैगरी मलेसियामा सरकारले कामदार पठाउन चासो नदिँदा समस्या भएको भन्दै उनले यो अर्को माग रहेको बताए ।
‘मलेसियासँग श्रम समझदारी पनि भइसकेको अवस्थामा कामदार पठाउने विषय अनिर्णयको बन्दी भएको छ । यो छिटो समाधान हुनुुपर्छ’– उनले भने ।
त्यसैगरी विदेशस्थित नेपाली दूतावासका कर्मचारीले अनेक बहानामा कामदारलाई दुःख दिने गरेकाले दुख दिन बन्न गरिनुपर्ने आफूहरुको माग रहेको बताए ।
त्यसैगरी विदेश पठाउँदा लिइने सेवा–शुल्क व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने व्यवसायीको माग रहेको पनि उनले बताए । यी माग सम्बोधन भएपछि अरु माग पूरा गर्न पहल गर्ने पनि उनले बताए ।
कामदार मारमा
टिकट काट्न बन्द भएपछि थुप्रै कामदार मारमा परेका छन् ।
सरकारलााई दबाव दिन किन कामदारलाई मारमा पार्नुभयो भन्ने प्रश्नमा भन्तनाले भने–‘थाहा छ । सरकारले हामीलाई टेरेन कुनै सम्वाद गरेन त्यसैले यो कदम चाल्यौं ।’
उनले सरकारले माग वेवास्दा गर्दा विदेश जाने दैनिक दुुुईतीन सय कामदार मारमा पर्ने बताए ।
उनका अनुसार संघमार्फत विशेषगरी साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स र कुवेतमा धेरै कामदार जाने गरेका छन् ।


