काठमाडौँ/ निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बार भत्काउने कार्यक्रम संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलसहित तीन जना विरुद्ध आपरिक उपद्रो सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।
उनीहरुलाई जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरि ७ दिनको म्याद लिएर थुनामा राखिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।
यस ऐनको धारा २८५ अुनसार कसुर प्रमाणित भएमा अभियुक्तलाई ३ वर्षसम्म जेल, ३० हजार जरिवाना र क्षतिपुर्ति भराउने सजाय हुनेछ ।रंगलशामा डोजर लगाएको घटनाको सर्वत्र विरोध भएको छ । नेकपाका स्थानीय कार्यकर्ता समेत रहेका उनलाई पार्टीले कारवाही गरिसकेको छ ।
धुर्मुस–सुन्तली फाउन्डेशनले स्थानीयसँग छलफल नगरी स्थानीयको जग्गा अतिक्रमण गरेर बाटो बनाउन खोजेपछि कँडेलको समूहले बुधबार बिहान रंगशालाको बार भत्काए थिए ।


