लेटाङ , २९ माघ ।
मोरङको लेटाङ स्थित गुवाबारीमा आगलागी भएको छ । घरको टिभिकोठा बाट विद्युत सर्ट भई आगलागि हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घर जलेर पूर्ण रूपमा नस्ट भएको हो । बुधबार विहान ११ बजेको समयमा टिभि कोठामा विजुली सर्ट हुँदा आगलागि भएको स्थानियले बताएका छ्न ।
सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका वाट आएको २ वटा दमकल र नेपाल प्रहरी , नेपाली सेना तथा स्थानियको सहयोगमा करिव एक घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागिवाट करिव २५ लाख बरावरको क्षति भएको लेटाङ नगरपालिका वडा नं ६ का अध्यक्ष जंगविर तामाङले जानकारी दिए ।
घर पूर्ण रुपमा जलेपछि हाल पिडित परिवारलाई छिमेकीको घरमा राखिने लेटाङ नगरप्रमुख शंकर राईले जानकारी दिए । उनले पहिलो चरणमा खाद्यान्न र लत्ताकपडा नगरपालिकाले उपलव्ध गराईने र क्रमिक रुपमा पहिलेकै अवस्थामा पूर्याउन सहयोग गर्ने प्रमुख राईले बताए ।
पिडित परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले उनिहरुलाइ सहयोग गर्न स्थानिय आनन्द पौडेलले अपिल समेत गरेका छ्न । थोरै थोरै सहयोग वाट पिडितलाई सामान्य अवस्थामा फर्काउन सकिने भएकाले सवै संग सहयोग लागि अपिल गरिएको छ। ।


