बेलबारी ,६ फागुन। बेलबारी नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समुद्घाटन भएको छ । प्रदेश सांसद राजकुमार ओझाको प्रमुख आतिथ्यतामा आज प्रतियोगिताको उद्घाटन भएको हो ।

86734625_1086611491681182_7558525477497864192_n

लक्ष्मी खेल मैदान लक्ष्मीमार्गको मैदानमा सुरु भएको प्रतियोगितामा बेलबारी नगरपालिकाका विभिन्न सरकारी तथा निजी बिधालयहरुको सहभागीता रहेको छ ।उक्त कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको अध्यक्षता रहेको थियो भने नगरपालिकाका कार्यकारी प्रमुख प्रदीप शाह, शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइराला, उधोग बाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुबेदी, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढाथोकी, प्याब्सन बेलबारीका अध्यक्ष भुपाल बस्नेत लगायतको उपस्थित रहेको थियो ।

86976873_1231121040396370_6911210366244487168_n

प्रमुख अतिथी सांसद ओझाले गमलाको फुलमा पानी हाली सलामी अर्पण गरेर कार्यक्रम उद्घाटन गर्नुभयो । नेपाल स्काउट तथा विभिन्न बिधालयका बिद्यार्थीहरुले सो अवसरमा परेट प्रदर्शन समेत गरे ।

कार्यक्रममा बोल्दै ओझाले खेलको माध्यमबाट सबैमा भाइचारा र एकताको बिकास गर्नुपर्ने बताउनुभयो । भर्खरै मात्र सम्पन्न भएको साफ च्याम्पियनसीप प्रतियोगितामा नेपालले उत्कृष्ट जित हात पारेको उद्घृत गर्दै खेलाडीहरुले देशको शान र मान राखेको बताउनुभयो ।

आयोजक बिधालयको रुपमा रहेको लक्ष्मी माध्यमिक बिधालय लक्ष्मीमार्गद्वारा आयोजित कार्यक्रममा नगर भित्रका सरकारी र संस्थागत गरि जम्मा २७ वटा बिधालयहरु सहभागी बनेका छन् । प्रतियोगितामा भलिबल, दौड, कबडी, रिले, हाइजम्प, लमजम्प जस्ता धेरै खेलहरु रहेका छन् । राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलि सम्म चल्नेछ ।

86992748_1074759666218662_6470428094678171648_n