इटहरी । तीर्थयात्रामा गएका वेला भारतमा भएको दुर्घटनामा ज्यान गुमाएका नेपालीको शव अपरान्ह सम्ममा इटहरी ल्याइ पुरयाइने भएको छ ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार त्यहाँ वाट दुईपटकको उडान मार्फत वागडुग्रा ल्याइने छ ।दुई वजे सम्ममा काकडभिटटा ल्याई अपरान्ह इटहरी ल्याइपुरयाइने छ ।
इटहरी उपमहानगरको अनुरोधमा संघीय सरकारको पहल र खर्चमा शव नेपाल ल्याइदै गरेको हो । गत माघ २३ गते ३५ दिनको यात्रामा निस्किएका नेपालीहरु वैंङ्गलोरमा दुर्घटनामा परेका थिए ।
इटहरी वडा नम्वर १० एउटै वडाका टीकाराम चौधरी, रसिलाल चौधरी, फूलमती चौधरी, बोधनी चौधरी, गोपाल तामाङ, वीरबहादुर राई र पवनलाल चौधरी गरी ६ जनाले दुर्घटनामा ज्यान गुमाएका छन ।


