इटहरी,१५फागुन 

मोरङको सुन्दरहरैचा ६ स्थित पुर्वाञ्चल एकेडेमीको आयोजनामा प्रथम फुटसल प्रतियोगिता हुनेभएको छ। साबिक सुन्दरपुर दुलारीमा रहेका  अन्तर बिधालय स्तरीय फुटसल प्रतियोगिता फागुन १६ गते शुक्रबार हुने भएको हो ।

received_602815973638202

सो फुटसल प्रतियोगितामा सुन्दर दुलारीका १४ वटा बिधालयहरु सहभागी हुने र ५ कक्षा भन्दा मुनिका बिद्यार्थीहरुले भागलिन पाउनेछ्न। प्रतियोगितामा बिजयी टिमलाई प्रमाणपत्र, मेडल, ट्रफी प्रदान गरिने पुर्वाञ्चल एकेडेमीका प्रीन्सिपल दिपेन राइले बताए । सो एकेडेमी ले १० औ जिल्ला स्तरीय प्याब्सन स्पोर्ट्स मिट प्रतियोगितामा प्रथम ११ औ मा दोश्रो स्थान सम्म हासिल गरेको थियो ।

त्यसैगरी प्याब्सन जिल्ला स्तरीय नृत्य प्रतियोगितामा दोश्रो र सुन्दरहरैचा स्तरीय नृत्य प्रतियोगितामा प्रथम भएको थियो भने कक्षा १० सम्म अध्यापन गराइने सो बिधालयमा हाल ८ सय भन्दा बढी बिद्यार्थीहरु अध्यन गरीरहेका छन ।