इटहरी,२१फागुन
प्रधानमन्त्री केपी शर्मा ओलिको स्वास्थ लाभको कामनागर्दै सुन्दरहरैचामा दिप प्रज्वोलन भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट युवा संघ नेपाल सुन्दरहरैचा नगरकमिटीको आयोजनामा बुधबार साझ सुन्दरहरैचाको सलकपुर चोकमा दिप प्रज्वोलन गरेको हो।

नेपालि जनता को भाग्य र भबिस्य कोर्ने ,निरासा लाइ आशामा रुपान्तरण गरेर जनता को सेवा गर्ने राजनेता सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु र उहालाइ आफ्नो शरीरको अमुल्य अंग मिर्गौला दान गरि समिक्षा संग्रौलाले नेपाली जनताको भबिस्य निर्माण गर्ने अभियानमा ठुलो योगदान गर्नुभएको कार्यक्रमका प्रमुख बक्ता युबा संघ नेपालका केन्द्रिय सदस्य रबिन थापाले ब्याक्त गरे ।
कार्यक्रममा युबा संघ मोरङ जिल्ला कमिटि अधक्ष नबिन पौडेल उपाध्यक्ष शंकर भट्टराई ,जिल्ला कमिटी सदस्य प्रबिन घिमिरे,अनेरास्ववियु मोरङ संयोजक संन्तोष घिमिरे लगायत सयौको संख्यामा नेकपाको नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको नेकपा सुन्दरहरैचा ९ नम्बर वडा शाखा कमिटि सचीव चन्द्र ढकालले बताए । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।




















