काठमाडौं । होलीमा कानुन तोड्ने ६५ जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उच्छृङ्खल ढङ्गले होली खेल्ने, हुलदंगा गर्ने, तीब्र गतिमा सवारी चलाउने ६५ जनालाई नियन्त्रणमा लिइएकाे महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।
उनले भने– ‘सरकारकाे आग्रह विपरित असभ्य तरिकाले होली खेल्ने ६५ जनालाई पक्राउ गरेका छौँ, तीमध्ये ९ जना महिला छन् ।’सरकारले हाेलीमा उछृङखल नरिकाले हाेली नखेल्न तथा नियम विपरित सवारी नचलाउन अाग्रह गर्दै अाएकाे थियाे ।
काेराेना भाइरस जाेखिमका कारण यस वर्षकाे हाेली खल्लाे भएकाे छ । काेराेना जाेखिम हुने भन्दै सरकारले ठूला सभा, सम्मेलन नगर्न अपिल गरेकाे थियाे तर ठाउँ ठाउँमा हाेली खेलिएकाे छ । काठमाडाैं उपत्यकासहित पहाडी जिल्लामा अाज हाेली मनाइएकाे छ । तराईका जिल्लामा भने भाेलि मनाइँदै छ ।


