काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले श्रीमती बिन्दा घिमिरेको नाम तीन लाख घुस काण्डमा मुछिएपछि षड्यन्त्र र खुराफातप्रति हामी सचेत  रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा  मार्फत जानकारी दिँदै कुनै गल्ती नगरेको सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । त्यस्तै उनले केही व्यक्तिले गरेको खुराफातिमा सचेत भएको बताएका छन् । उनले आफ्नो शुभचिन्तकहरुलाई भ्रममा नपर्न भन्दै चिन्ता नगर्न भनेका छन् ।

Capture_89

 पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको समाचार केही मिडियामा आइरहेका छन् । तर, घुसको कुरा पर्यटनमन्त्री भट्टराईकी श्रीमती घिमिरेले भने गरेकी हैनन् ।नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी भएकी जिता बरालले उक्त कुरा च्याटमार्फत विद्यार्थीसँग गरेकी हुन् र त्यसमा घिमिरेको नाम जोडकी छन् ।

उक्त च्याटअनुसार नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै जिताले एक स्टाफ नर्ससँग तीन लाख रुपैयाँ माग गरेकी छन् । जसमध्ये दुई लाख ५० हजार रुपैयाँ विद्यार्थीले पठाइसकेकी छन् ।

बाँकी ५० हजार रुपैयाँ परीक्षाफल प्रकाशित भएपछि उठाइदिने दुवै पक्षबीच सहमति भएको देखिन्छ । च्याटमा जिताले नै योगेश पत्नी विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन् । घुसको वार्गेनिङ गरेको मेसेज च्याट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।