बेलबारी ÷दुइ वटा ऐनहरु पारीत गर्दै बेलबारी नगरपालिकको पाँचौ नगरसभा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक सम्पति सम्रक्ष्ण, समन्धि ऐन पारीत गरेको मेयर ज्ञानेन्द्र सुवेदिले बताए ।

89780478_1672080812960993_4313515657728622592_o

नगरसभावाट ऐन पारीत गरेपछि खेलकुद बिकास समिाति गठन गर्ने वाटो समेत खुलेको छ भने सर्वाजनिक जग्गाहरुको संरक्ष्ण सम्बर्धन तथा प्रबर्धन गर्ने समेत वाटो खुलेको छ।यस्तै कोल्डस्टोर,आईसिटि सेन्टर,फुटबल स्टेडियम, कृषि क्षेत्रको बिशेष कार्यक्रम,कृषि कार्यक्रम,कृषि मार्ग,सामुदायिक भवन, हुलाकि मार्ग, मुलनहर कालोपत्रे, जनमार्ग, पृथविमार्ग,वडा नम्बर ४,५ जोडने सडक निर्माणका लागि बजेटको ब्यबस्थापन गरिदिन प्रदेश तथा सघिय सरकारसँग नगशभमाले माग समेत गरेको मेयर सुवेदिले बताए । नगरशभामा अहिले गरीएका कामहरुको समेत शमिक्षा गरीएको छ ।

यस्तै नगरशभाले फाहोरमैला ब्यबस्थापन बिधुत उत्पादनका लागि लिभ्रा टेक्नोलोजि क्पनिसँग गरीएको सम्झौताको समेत अनुमोदन गरेको छ । केहि दिन अघि मोरङका ६ वटा पालिकाहरुले ३ वटा योजनाको एकै पटक सम्झौता गरेका थिए ।बेलबारी ,सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले सम्झौता गरेका हुन् ।

सोलार प्यानलको प्रयोगवाट ६ वटा स्थानियतहले ६० मेघावाट बिजुलि उत्पादन गर्ने समेत सम्झौतामा गरेका छन् । एक स्थानियतहमा १० मेघावाट बिुजुलि उत्पादन गर्ने गरी सम्झौता ६ पालिकाले गरेका हुन् । ६ वटै स्थानियतहमा एसियालि बिकास वैक एडिविको सहयोगमा प्राप्त हुने दमकल ल्याउनका लागि समेत सम्झौता गरीसकेका छन् ।