काठमाडौं, २४ चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) देशका नाममा सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् ।

समय तय नभए पनि मंगलबार प्रधानमन्त्रीले देशका नाममा सम्वोधन गर्ने एक मन्त्रीले जानकारी दिएका छन् । पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिंदै थियो । तर, मन्त्रिपरिषद् आज (सोमबार) को बैठकले त्यसलाई लम्ब्याएर ३ वैशाखसम्म पुर्‍याउने निर्णय गरिसकेको छ ।