काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका सेना प्रमुख मनोज मुकुन्द नरभानेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदबी नदिन जंगी अड्डलाई मौखिक निर्देशन दिएको खुलेको छ । चीनको उक्साहटमा नेपालले कालापानी र लिपुलेकको बिषय उठाएको जबाफ दिएर बिबादमा तानिएका भारतीय सेना प्रमुख नरभाने नेपालको मानार्थ सेनापतिको पद लिन अब कुनै हिसाबले योग्य नभएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका हुन ।
प्रधानमन्त्री ओलीको मौखिक निर्देशनपछि नरभानेलाई मानार्थ सेनापतिको पद्वी दिने सबै कार्यक्रम जंगी अड्डाले रद्ध गरिसकेको उच्च स्रोतले जानकारी दिएको छ । ‘नेपालको सीमा अतिक्रमण जाहेज छ । तिमीहरुले बिरोध ग¥यौ भने सैनिक शक्तिद्वारा समस्याको हल गरिने छ भनेर धम्कीपूर्ण भाषा बोल्ने सैनिकलाई नेपालीले मानार्थ प्रधानसेनापति स्वीकार्न सक्दैनन् ।’


