नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल “ प्रचण्ड" को अध्यक्षतामा बसेको नेकपाको स्थायी समितिको वैठकको दौरान नेकपा उपाध्यक्ष वामदेव गौतमले भन्नु भएको रहेछ “एक बर्ष अगाडि के.पी. ओलीबाट सरकार र पार्टी चल्दैन’ भनेर भन्दा माधव नेपालले हटाउनु हुदैन सुध्रिन दिउँ भनेको भनेर हटाउन मान्नु भएन ।”
अनि केहि दिन अगाडी स्वयम माधव नेपालले भन्नु भएको छ “ मलाइ कोहि कसैलाइ पदमा ल्याउने वा हटाउने विषय ठुलो हैन , मेरो लागि विधी पद्दतिमा चल्ने पार्टीको ग्यारेण्टी ठुलो कुरा हो ।” यो कुनै दावी हैन , अडियोमा रेकर्डेड भनाइहरु हुन । ति अडीयोहरु सुनेर मात्रै पनि नेकपाको स्थायी समिति वैठक चलिरहँदा यो वैठकको एजेन्डाहरुलाइ ओझेलमा पारेर वैठक केवल प्रधानमन्त्री केपी ओलीलाइ दुवै पदबाट हटाउनको लागि मात्रै राख्न खोजिएको हो भन्ने जुन हौवा खडा गरेर लोकतन्त्रको हिमायती हुनुपर्ने पार्टी र त्यसका नेतालाइ कमिटि प्रणालीको विरुद्ध खडा गर्ने काम गरियो , त्यसभित्र लुकेको षड्यन्त्र बुझ्न काफी छ ।
झन केपीलाइ आजै अहिले हटाउनु पर्छ भनेर भन्दा माधव नेपालले मान्नु भएन भन्ने बामदेव गौतमलाइ पार्टी एकताको सूत्राधार अनि मलाइ पद चाहिएको छैन विधिमा चल्ने पार्टी चाहिएको छ भन्ने माधव नेपाललाइ एकता विरोधी , सरकार विरोधी अनि केपी ओली विरोधी भनेर प्रचार गरेर के गर्न खोजिएको हो त्यो पनि बुझ्न गाह्रो छैन ।
तर वुझ्न गाह्रो चाहिं के छ भने आफ्नैको आलोचना र विरोध सहेर २०६२/६३ मा लोकतन्त्र स्थापना पश्चात केपी ओलीलाइ आफ्नो पार्टीको तर्फवाट सरकारको नेतृत्व गर्न पठाउने माधव नेपाल जसले आफ्नो नेतृत्वकालमा सदैव असहमतिका वावजुद केपी ओलीसंग संवाद , सहमति र सहकार्य गर्दै आउनु भयो आज किन अनेकन स्वार्थका दाशहरुको कुरा सुनेर केपी ओली स्वयम माधव नेपालको असलियतलाइ नजरअन्दाज गर्दै हुनुहुन्छ ।
जव असहमति , असन्तुष्टि हुन्छन तव त्यसको सम्वोधन हुनुपर्छ र त्यो सम्वोधन तत्काल नेतृत्वमा हुनेले गर्ने हो तसर्थ अहिले पनि त्यही हुन् आवश्यक छ । चाटुकार , दलाल र विभाजनका संवाहकहरुले ”यसो रे” , “त्यसो रे” भन्दै लगाएको कुरालाइ व्यवास्ता गरेर सम्माननीय प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित वरिष्ठ नेताहरु माधव नेपाल , झलनाथ खनाल सहितका नेताहरुसंग नया शिराबाट संवाद , सहमति र सहकार्यको थालनी गर्नु पर्छ ।
त्यसको सुरूवात गर्नको लागि वहाँले माधव नेपालको लडाई विधि र पद्दतिको निम्ती हो , टाउको मोटाएको जिउ सुकेको नभएर हृष्टपुष्ट तन्दुरुस्त पार्टीको ग्यारेण्टीको लागि हो भन्ने सत्यको मनन हुनुपर्छ ।
आफ्नै अनेकन स्वार्थ र स्वार्थी समुहका स्वार्थका संवाहकहरुसंग संघर्ष र सहकार्य गरेको जस्तो माधव नेपाल जस्तो निष्ठा , इमान , स्वच्छता र सक्रियता भएको नेतासंग गर्न सहज हुदैन भन्ने बुझ्न ढिला गर्दा सवैलाइ घाटा होला किनकि त्यहाँ कुनै लेन्देनले काम गर्ने वाला छैन , त्यहाँ त विधि र पद्दतिको पालनाको प्रतिवद्धता , इतिहासको सम्मान र पारस्परिक सम्मान सहितको सहकार्यको व्यवहारिक प्रत्याभूतिको मात्रै अर्थ रहनेछ ।




















