बेलबारी /चितवनको राप्ती नगरपालिकाको उपमेयर सहितको टोलिले बेलबारी नगरपालिकाकाले गरेका विकास निर्माण तथा नगरपालिकाले गरेका अन्य काम वाट प्रभावित बनेको छ ।
उपप्रमुख डा. इमानसिंह लामा सहितको टोलि शनिवार वेलबारी नगरपालिकमा आए नगरपालिकाले गरेका काम हेर्दै बेलबारीबाट राप्ति नगरपालिकाले केहि सिक्नु पर्ने बताएका छन् । बेलबारी नगरपालिकाले गरेको काम हेर्दा हामि गएका स्थान भन्दा फरक लाग्यो उपमेयर लामाले भने जुनसुकै काम हेर्दा पनि गुरुयोजना बनाएर सुरु गरिएको रहेछ ।
बेलबारी वाट सिक्न धेरै रहेछ उनले भने यो क्षेत्रमा पर्यटनको सम्भवना छ भन्ने सुनेका थियौ नगरपालिकाले गरेका गतिविधि हेर्दा हामिलाई समेत आन्नद आयो । टोलिले भारतको सिक्कम हुदै बेलावारी आइपुगेको हो । टोलिले बेतना सिमसार समेत घुमेको थियो । दुई नगर विचको अनुभव साटासाट गर्न सके फाइदा पुग्ने राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाईंले बताए ।
उनले दुवै नगरपालिकाको अनुभवन साटासाट गरे काम गर्न समेत आग्रह गरे । उक्त टोलिलाई बेलबारी नगरपालिकाकि उप प्रमुख ढाका कुमारी पराजुलिले स्वागत गर्दै राप्ती र बेलबारी विचका विकास निर्माण तथा अन्य गतिविधि एक अपसमा साटा साट गरेर अगाडि बढ्नु पर्ने बताईन । उनले जनप्रतिनिध आएपछि गरिएका गतिविधि समेत सुनाएकि थिईन् । उनिहरुले बेलबारीको बेतना सिमसार समेत घुमेका थिए ।


