- बद्री अर्याल
इटहरी,२७ साउन / सुन्दरहरैचा केहि समयदेखि भ्रष्टाचार विरुद्धको अभियानमा लागेका यि युवाहरूले बिदेशमा घाइते भइ अलपत्र परेका एक नेपालीको उद्दार गरेका छ्न। सुन्दरहरैचाका नेकपाका युवानेताहरुले साउदी अरबमा कामको सिलसिलामा दुर्घटना भइ खुट्टा भाच्चीएर अलपत्र परेका मोरङ सुन्दरहरैचा ७ का ४० बर्षीय मानबहादुर मगरलाइ उद्दार गरेका हुन ।

मानबहादुर साउदी अरबमा भागेर काम गरेको अवस्था दुर्घटना परेको हुदा नेपालमा झिकाएर उपचार गराउन परिवारले नसकिरहेको थिएन । यी युवाहरूले सुन्दरहरैचा नगरभित्र निर्माण भएका विभिन्न भौतिक पुर्वधारमा भ्रष्टाचार र अनियमितता बढन थालेपछि नेकपाका सुन्दरहरैचाका युवानेताहरु जयप्रकाश रायमाझि , मनोज राइ, प्रबिण घिमिरे ,केशब बास्तोला ,मनोज दाहाल , सागर कटेल ,, शम्भु धमला , शेखर निरौला,डम्बर थापा मगर, दिपक राइ अशिन राइ,दुर्गा बहादुर प्रधान र सुजन पोख्रेल सक्रिय रुपमा अभियानमा लागेका छ्न ।
कसरी उद्दार गरियो साउदीबाट मानबहादुरलाई...
घरको आर्थिक अवस्था नाजुक भएर छोराछोरीको सपना साकार बनाउन ८ वर्ष अगाडि साउदी अरब गएका मान बहादुर मगर कम्पनीमा काम गर्दा मालिकले तलब नबढाइ दिएपछि कम्पनी बाट भागेर २ वर्ष देखी इलिगल भइ श्रम गर्न थाले ।
त्यही क्रममा उनी दुर्घटनामा परे र साउदीमै रहेका सुन्दरहरैचा ३ का कुमार तामाङले हस्पिटल लगेर उपचार गर्न सहयोग गरे । उनको खुट्टा भाचिएको हुदा हस्पिटलले रड हालेर भोलिपल्ट डिस्चार्ज गरीदियो । कोरोनाको कारण र उनि इलिगल रुपमा काम गर्दैगरेको हुदा उनलाई परिवारले नेपाल ल्याउन पहल गर्यो तर सकेनन ।
कहि सुनुवाइ नभएको कुरा मानबहादुरलाई लागेपछि आफुलाइ लाचार मानेर सायद म यहि मर्छु होला भनेर रुइ कराइ गर्न थालेपछि कुमार तामाङले नेपाली भएको कारणले आफ्नो कोठामा लगेर राखे यता मानबहादुरको श्रीमती र जेठान धेरै को घरमा गएर हार गुहार गर्दा कतै बात सुनवाइ भएन ३ महिना सम्म चलिरहो त्यसै क्रममा कुमार तामाङले नेकपाका सुन्दरहरैचाका युवानेता जयप्रकाश रायामाझि सग कुरा गरे।
त्यसपछि मगरको श्रीमती र जेठानलाइ जयप्रकाशको नम्बर दिएर भेट्न पठाए। जयप्रकाशसंग मानबहादुरको परिवार को भेटपछि जयप्रकाशले साउदी अरब बाट ल्याउने प्रतिबद्धता जनाए। मगरको परिवारमा परेको घाउमा मल्हम लगाउने भावनाका साथ जयप्रकाश अभियानमा लागे ।

त्यसपछि जयप्रकाशले आफ्नो पार्टीको सहकर्मी साथीहरू जयप्रकाश रायमाझि , मनोज राइ, प्रबिण घिमिरे ,केशब बास्तोला ,मनोज दाहाल , सागर कटेल ,, शम्भु धमला , शेखर निरौला,डम्बर थापा मगर, दिपक राइ अशिन राइ,दुर्गा बहादुर प्रधान र सुजन पोख्रेल युबाहरुको पहल कदमि र सकृयता मा समन्वय गरी स्वास्थमन्त्री भानुभक्त ढकाललाइ फोन गरे र मन्त्रीले हुन्छ म ल्याउन पहल गर्छु भन्नु भयो फेरि पुर्व मन्त्री लालबाबु पण्डितलाइ फोन गरे उहाँले पनि भन्नु भयो कसै गरि उहाँ लाइ झिकाउन पहल गर्छु भनेर अनि प्रोसेस सुरु भयो उहाँ इलिगल बसाइ भएकोले साउदी अरबको कानुन अनुसार काम गर्न अलि समस्या भएपनि काम हुने भयो भनेर साउदी अरबबाट कुमार तामाङले भने त्यो सुनेर मानबहादुर मगरको आखामा खुसीको आशु बग्यो ।
आज भन्दा १४ दिन अगि आउनु पर्ने मान बहादुर मगर तर साउदी दूतावासको कर्मचारी कोरानाको संक्रमित भएको कारण उडान सरेको हुदा आइतबार उडान भयो पहिलो उडानमा उनी काठमाडौ ओर्लिए । त्यसपछि नेपाली सेना मार्फत घर आइपुदा बिहानको ३:२५ बजेको थियो घरमा होम कोरोन्टाइममा बसाइयो र फेरि जयप्रकाश लगायत अन्य युवाहरू सहितले धरानको घोपा क्याम लगेर उपचार सुरु गराए ।
स्वस्थ्यमन्त्री भानुभक्त ढकालले आफैंले फोन गरेको कारण घोपामा काम गर्न छिटो र सजिलो भयो । मगरलाइ उपचार राम्रो भयो एक्सरे गर्दा हड्डीमा केहि भएको रहेनछ तर ब्यानडिज खोलदा घाउ नबसेको कारणले खुट्टामा लगाएको रड निकाल्न मिलेन डाक्टरले राम्ररी सफा गरिदिए ।
डाक्टरले हप्ता दिन हेर्नु पर्छ यो कुइएको मासु साफ गर्दियौ अब यस्मा नयाँ मासु आउछ हप्ता दिन भित्रमा हेरुम अनि फेरि के गर्नु पर्छ गरौला । अहिले बिमारी लाइ पिडा भएपनी नेपाल आएकोमा एकदम हर्ष छाएको छ उनको परिवार परिवारमा आज फेरि खुशी छाएको कुरा मानबहादुरको जेठान राजु राइले बताए ।



