नेपालगंज महाधिवेशन -----
२०५४ सालमा नेकपा एमालेको राष्ट्रिय महाधिवेशन नेपालगंजमा सम्पन्न भएको थियो । महाधिवेशन हलबाट नै नेकपा एमाले तहस - नहस पार्ने योजनाका साथ एक थरि कमरेडहरु लागि परेका थिए । त्यो समयमा त्यो इलाकामा माअाेवादी द्वन्द्व निकै अगाडी बढेको थियो । यसकारण अरु पार्टीको गतिबिधि कम हुन्थे ।
कमरेड प्रदिप नेपालको नेतृत्वमा महाधिवेशन मिति भण्दा १ महिना अगाडि नेपालंजमा गएर एमाले को ब्यापक प्रचार प्रसार गर्ने मध्यको एक म पनि हो ।एक महिना सम्म निरन्तर बिहान बेलुका जिफन्ट टोलि कुदेर बाटो पोखरी सरसफाई गरेर एमालेको प्रचार प्रसार गर्यौं। महाधिवेशन भब्य भयो । कमरेड माधब कुमार नेपाल महासचिव बन्नु भयो । तर महाधिवेशन मा जत्ति पनि झिना झमेटा उठे ति सबैको सामना कमरेड केपी ओली तथा कमरेड प्रदिप नेपालले गर्नु भएको थियो । महाधिवेशन पछि केही नेताहरुले ठुलो सपना सहित पार्टी चोइटाइयो । उनिहरुको सपना एउटा चुनाबमा नै भताभुंग भयो ।
दिनहरु बित्दै जादा कमरेड प्रदिप बिमारि हुनु भयो । कमरेड केपी शर्मा ओलीको उच्चाई कार्य कर्ताका बिचमा महाधिवेशनमा पार्टी फूटबाट जोगाउन अहंम भूमिका खेल्ने मध्यको पनि पहिलो ब्यक्तिका रुपमा परिचित भए पछि झन धेरै बढ्यो । उहाको यो उच्चाइ बढेकोमा नेताहरुलाई डाह सुरु भए छ । होचो , सानु पार्टी भित्र बनाउने नजानिदो खेलहरु सुरु भए ।
जनकपुर महाधिवेशन ...
जनकपुर महाधिवेशनमा तिनै पार्टी चोइटाएर जानेहरु पनि फर्कि सकेका थिए । यहा अध्यक्ष प्रणालीमा जाने कि महासचिव प्रणालीमा कमिटी निर्माण गर्ने बिषयमा बहस चलेको थियो । अब पार्टीलाई अध्यक्ष प्रणालीमा लानु पर्द छ । यो नै राम्रो प्रणाली हो भनेर कमरेड केपी शर्मा ओलीले ब्यापक ब्याख्या गर्नु भएको थियो ।
उहाका ब्याख्या सबै नेताहरुलाई मन परेको थियो । ठिक हो भन्ने लागेको थियो । तर त्यो निति मान्दा कमरेड केपी शर्मा ओलीलाई त्यहि अध्यक्ष बनाउनु पर्छ भनेर कम्यूनिष्ट पार्टीमा अध्यक्ष प्रणाली संसारमै छैनन भनेर तल देखि माथि लबिङ गरियो । बिचारमा बहस चल्यो । महाधिवेशन हो । सबै को बिचार बनाअौं । केपी कमरेड को जोड थियो । बरु उहा बाहिरिए देखि सन्च हुन्छ कुरा नै नगरेौ झै मा लागे , कमरेड माधब कुमार नेपाल हरु ।
यहि कुरा बुझेर कमरेड केपी शर्मा ओलीले बोल्ने क्रममा भन्नु भएको थियो । पार्टी टुट फूटमा जानु हुदैन । कमरेड माधब नेपाल एक स्टेप ब्याक हुनुहोस , म तिन स्टेप ब्याक हुन तयारी छु । रेडि ? भनेर प्रश्न गर्नु भएको थियो । कमरेड माधब नबोले पछि कमरेड केपी शर्मा ओलीले तिनै स्टेप ब्याक हुने र अर्को महाधिवेशनमा पुन: उठान गर्ने घोषणा सहित पार्टीमा एक ढिक्का बन्न कार्यकर्तालाई अाह्वान गर्नु भएको थियो ।
बुटवल महाधिवेशन ....
यो समय सम्ममा मुलुकमा लोकतन्त्र अाइसकेको थियो । बिचमा माधब कमरेडले राजिनामा दिएर कमरेड झलनाथ खनाल महासचिव बनि सक्नु भएको थियो । यो महाधिवेशनमा अध्यक्ष सहित बहु पदको प्रारम्भ भयो । कमरेड केपी शर्मा ओली चुनाब हार्नु भयो ।
काठमाडौं महाधिवेशन ....
यो महाधिवेशनमा कमरेड केपी शर्मा ओली अध्यक्ष बन्नु भयो । पार्टी एकता भयो । सरकार लगभग पुग अपुग दुइ तिहाइ को बनियो । कोरोना कहरको बाबजुद नेपालको नक्सा नया बनियो । नेपाली जनताले गर्ब गरे । यस्तैमा पार्टी भित्र बखेडा बाजी भएर उहाले पार्टी फूटाउन लाग्नु भएको छ भनेर खुब प्रचारप्रसार गरियो ।
बिगतदेखि बर्तमान सम्म हामीले देखेको बुझेका अाधारबाट म भन्छु कि कमरेड केपी शर्मा ओली पार्टी एकताका लागि तिन स्टेप ब्याक सर्नु हुन्छ , अरु कमरेड एक स्टेप मात्र ब्याक सर्दा हुन्छ । उहाको तर्फबाट पार्टी फूट हैन ,मजबुत बनाउने काममात्र हुन्छ । एेतिहासिक तथ्याङ्क यहि बोल्छ ।मेरो बुझाइ यहि छ ।
(लेखक मोतीराज सुनुवार नेकपा सुनसरीका नेता हुनुहुन्छ )





















