मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज उन्नति प्रगतिको वातावरण बन्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनको साथले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार गरेर मात्र निर्णय लिनु राम्रो होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि र उपलब्धि पनि राम्रै पाइनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल



















